तनहुँमा आइतबार थपिए नौ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँमा आइतबार थपिए नौ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँमा आइतबार नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, व्यास, घिरिङ, ऑबुखैरेनीमा सङ्क्रमित थपिएका हुन् ।

    शुक्लागण्डकीमा एक, व्यासमा तीन, घिरिङमा तीन र ऑबुखैरेनीमा दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।