तनहुँ : तनहुँको व्यास नगरपालिकामा पॉच कोरोना सङ्क्रमित थपिएका छन् । व्यास नगरपालिकाका दुई महिला र तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास-१ की २०, व्यास-६ की ४४ वर्षीया महिला, सोही वडाका ४९ वर्षीय पुरुष, व्यास-१० का १८ वर्षीय पुरुष र व्यास-९ का ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।