वडामै पुगेर नौ योजना सम्झौता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    वडामै पुगेर नौ योजना सम्झौता

    खबरपुञ्ज संवाददाता

    ३० मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले वडा नं ४ मा पुगेर नौ वटा योजना सम्झौता गरेको छ । जनतालाई घरदैलोमा नै सेवा दिने उद्देश्यले गाउँपालिकाले वडास्तरमै पुगेर योजना सम्झौता गरेको हो ।

    वडास्तरमै पुगेर उपभोक्ता समितिलाई अभिमुखीकरण सञ्चालन गर्दै योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले बताउनुभयो । “उपभोक्ता समितिलाई योजना सञ्चालनका विषयमा जानकारी गराउँदै समितिसँग योजनाको सम्झौता गरिएको छ,” उहाँले भन्नुभयो, “वडामै पुगेर योजना सम्झौता गर्दा स्थानीयवासी पनि खुशी छन् ।”

    देवघाट गाउँपालिका–४ का वडाध्यक्ष पदमबहादुर गुरुङले योजना सम्झौताका लागि एक दिनको समय छुट्याएर गाउँपालिका नै पुग्नुपर्ने अवस्थाको अन्त्यका लागि वडाबाटै सम्झौता गरिएको बताउनुभयो ।

    गाउँपालिकाले यस अगाडी वडा नं १ मा सञ्चालन हुने १२ विकास योजनाको सम्झौता गरिसकेको छ । योजना सम्झौता गर्नका लागि उपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्य गर्न वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बताउनुभयो ।