तनहुँमा मानवअधिकार हननका ७१ घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मानवअधिकार हननका ७१ घटना

    खबरपुञ्ज संवाददाता

    ३ पुष २०७७, शनिबार

    तनहुँ : जिल्लामा सन् २०२० मा मानवअधिकार हननका ७१ घटना घटेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अनुसार यस अवधिमा घरेलु हिंसा, जबरजस्ती करणी, अभद्र व्यवहार, हत्या, बाल विवाह लगायतका ७१ घटना घटेको हो ।

    इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले ३४ घरेलु हिंसा, १७ बलात्कार, दुई बलात्कार प्रयास, चार गिरफ्तार, ६ हत्या, एक अभद्र व्यवहार, एक बाल विवाह, एक बालक अपहरण, एक आगजनी र पाँच कुटपिटका घटना घटेको जानकारी दिनुभयो । इन्सेकले हरेक वर्ष प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकका लागि उक्त घटनाको विवरण सङ्कलन गरिएको उहाँले बताउनुभयो ।