सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारलाई घेराबन्दी गरेर नयाँ जनादेशमा जान बाध्य पारियोः प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच वर्षका लागि जनादेश प्राप्त सरकारलाई घेराबन्दीमा पारिएपछि बाध्य भएर संसद  भंग गरेर ताजा जनादेशका लागि जानु पर्ने बाध्यत्मक अवस्था सिर्जना भएको बताउनुभएको छ ।

    सोमबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो संसद विघटन गर्ने कार्यको बचाउ गर्नुभएको हो ।

    जनादेश राजनीतिक स्थायित्वका लागि भएपनि तर्कहीन विवाद र गतिरोध सिर्जना आजको अवस्था सिर्जना गरिएको प्रधानमन्त्री ओलीको जिकिर छ।

    अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले सरकार गठनको एक वर्ष नपुग्दै मुलुक बाहिर गएर अस्थिरताको सन्देश दिएको आरोप लगाउनुभयो ।

    सरकारलाई असफल बनाउन विभिन्न बार्गेनिङ गरेर सरकारलाई जनअपेक्षा अनुरुप अघि बढ्न नदिइएको प्रधानमन्त्री ओलीको भनाइ छ।