दुलेगौँडा : पछिल्लो समय दुई पांग्रे सवारीसाधन स्कूटर र मोटरसाइकल चढ्नेहरु ह्वात्तै बढेका छन् । सवारीको संख्या बढेपनि दुलेगौँडामा एउटै थलोबाट सेवा नपाउँदा सेवाग्राही पोखरा धाउन बाध्य छन् ।
स्पेयर पार्टस, आकर्षक ब्राण्डेड हेलमेट, डेन्टपेन्ट, मर्मत र रिकन्डिसनको सेवा दिनलाई दुलेगौँडा बजारमा राम्जाली अटोमोबाईल्स सञ्चालनमा आएको छ । दुलेगौँडाका सफल युवा व्यवसायी सुरज राम्जालीले जागृतटोलमा सञ्चालनमा ल्याउनुभएको अटोमोवाइल्सको शनिबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले उद्योग व्यवसाय सञ्चालनले मुलुकलाई सम्बृद्ध बनाउन सक्ने बताउनुभयो । उहाँले रोजगारीको सिर्जना र राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउन उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
राम्जाली अटोमोवाइल्सका सञ्चालक सुरज राम्जालीले यसअगाडी दुलेगौँडा बजारको बिपीचोकमा टिभिएसको आधिकारिक विक्रेता राम्जाली ट्रेर्डस सञ्चालन गर्दै आउनुभएको थियो । एउटै थलोमा सबै कम्पनीको मोटरसाइल र स्कूटरको सेवा दिने स्थानको अभाव खड्किएकाले नयाँ व्यवसायको सुरुवात गरेको उहाँले बताउनुभयो ।
राम्जाली अटोमोवाइल्समा होन्डा, टिभिएस, यामाहा, बजाज, सुजिकी लगायत सबै कम्पनीको मोटरसाइकल, स्कूटरको स्पेयर पार्टस्, मर्मत र रिकन्डिसनको सेवाका साथै ब्राण्डेड हेलमेट, डेन्टपेन्ट लगायतको सेवा प्रदान गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यापारको लागि भन्दा पनि सेवाको लागि सञ्चालनमा ल्याएको हुँ ।” झन्डै दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको उक्त कम्पनीमा हाल ६ जनाले रोजगारी पाएका छन् ।