शुक्लागण्डकी नगरपालिकाले दियाे पृथ्वीजयन्तीमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकाले दियाे पृथ्वीजयन्तीमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाले पृथ्वीजयन्तीको अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले आइतबार विज्ञप्ती सार्वजनिक गर्दै राष्ट्रिय एकीकरण दिवसको अवसरमा सोमबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    बिदाको दिन नगरपालिका कार्यालय, वडा कार्यालय र सामुदायिक विद्यालय बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो । राष्ट्रलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्मान स्वरुप बिदा दिने निर्णय भएको सुवेदीले बताउनुभयो ।