अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटर र टिप्पर नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने एक्साभेटर र टिप्पर नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७७, बुधबार

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा प्रहरीले तनहुँको भीमाद र व्यास नगरपालिकाबाट एक एक्साभेटर सहित आठ टिप्पर नियन्त्रणमा लिएको छ । प्रहरीले भीमादबाट एक एक्साभेटर, छ टिप्पर र व्यास नगरपालिकाबाट एक टिप्पर नियन्त्रणमा लिएको हो ।

    भीमाद नगरपालिका–५ पानटनखोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको बा २ क ८६९३ नम्बरको एक्साभेटर र नदीजन्य पदार्थ ओसारपसार गर्दै गरेका ग १ क ४६०२, ग १ क ३२४९, ग १ क ४६०१, ग १ क ३३४३, ग १ क ४८०४, ग १ क ४५९६ र ग १ ख ९१२० नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    उक्त सवारी साधनलाई भीमाद नगरपालिकाको कार्यालय बुझाइएकामा नगरपालिकाले रु एक लाख ७० हजार जरीवाना गराएको छ ।

    त्यस्तै व्यास नगरपालिका–१ गल्वुवेशीमा अवैध नदीजन्य पदार्थ बोकेर हिँडिरहेको ना ८ ख ३५०७ नम्बरको टिप्परलाई नियन्त्रणमा लिई व्यास नगरपालिका बुझाइएकामा नगरपालिकाबाट रु दश हजार जरीवाना भएको छ ।