भीमाददेखि पाथर्दीसम्म हुने पदयात्राकाे तयारी पूरा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमाददेखि पाथर्दीसम्म हुने पदयात्राकाे तयारी पूरा

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७७, बुधबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले बिहीबार पदयात्रा हुँदैछ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडी बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले आयाेजना गरेकाे पदयात्राको तयारी पूरा भएकाे छ ।

    कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि सुचारु गर्नका लागि पदयात्राको आयोजना गरिएको घरबास व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आलेले जानकारी दिनुभयो । यसअघि कात्तिक १ गते गर्न लागिएको पदयात्रा अन्तिम समयमा आएर रोकिएको थियो ।

    भीमाद बजारदेखि वडा नं ९ को पाथर्दी पुगेर टुङ्गिने पदयात्रामा करीब एक सय ५० जनाको सहभागिता रहने अनुमान गरिएको छ । “कोभिडले पर्यटनका सबै गतिविधि रोकिए, अब विस्तारै पर्यटनका कार्यक्रम सञ्चालन गर्ने उद्देश्य स्वरुप वडामा भएका पर्यटकीय गन्तव्यको प्रचारका लागि पदयात्रा गर्न लागेका हौ,” उहाँले भन्नुभयो, “पदयात्राको मुख्य लक्ष्य वडाभित्र भएका सबै पर्यटकीय गन्तव्य बाहिर ल्याउनु हो ।” पदयात्रा १७ किमि दूरीको रहनेछ ।

    पदयात्राका क्रममा सोही वडामा रहेको सिद्धगुफाको पनि भ्रमण गरिनेछ । एक सय नयाँ पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत गुफामा विभिन्न पूर्वाधार निर्माण गरिएको छ । कोभिड–१९ कै समयमा गुफा क्षेत्रमा शौचालय, प्रतिक्षालय र रेलिङ निर्माण गरिएको छ ।