आमा समूहकाे सक्रियतामा सामुदायिक भवन निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    आमा समूहकाे सक्रियतामा सामुदायिक भवन निर्माण

    खबरपुञ्ज संवाददाता

    २ माघ २०७७, शनिबार

    दुलेगाैडा : तनहुँकाेा शुक्लागण्डकी नगरपालिका-२ स्थित नवज्योति आमा समूहकाे सक्रियतामा “गाछेपानी सामुदायिक भवन” निर्माण गरिएकाे छ। कुल रु ५० लाख १ हजार ८ सय २९ लागतमा सम्पन्न भएको सामुदायिक भवन निर्माणका लागि गण्डकी प्रदेश भाैतिक पूर्वाधार विकास मन्त्रलाय, शहरी भवन विकास कार्यालय गोर्खाबाट रु २० लाख र शुक्लागण्डकी नगरपापालिकाको तर्फबाट रु ८ लाख अनुदान प्राप्त भएको थियो । बाँकी स्थानीय नवज्योति आमा समूह र गाछेपानी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तर्फबाट लगानी गरिएको भवन निर्माण समितिले जानकारी दिएकाे छ।

    नवनिर्मित भवनकाे शनिबार पूर्वमन्त्री एवं गण्डकी प्रदेश सभा सदस्य आशा काेइरालाले उद्घाटन गर्नुभयाे । साे अवसरमा बाेल्दै सांसद काेइरालाले भवनलाई केबल संस्थाकाे कार्यालय वा कार्यक्रम स्थलका रूपमा मात्रै नभई बहुआयामिक प्रयाेजनका लागि उपयाेग गर्न आग्रह गर्नुभयाे । “यस भवन र वरपरकाे क्षेत्रलाई जेष्ठ नागरिक भेटघाट स्थल, बाल उद्यान, सिप विकास तथा स्थानीय उद्यमशिलता प्रर्वद्वन केन्द्रका रूपमा प्रयाेग गर्न सकिन्छ” काेइरालाले भन्नुभयाे ।

    देशकाे राजनिति असल वा खराब हुनुले स्थानीय स्तरकाे विकास आयाेजनाहरू पनि प्रभावित हुने भन्दै काेइरालाले वर्तमान प्रधानमन्त्रीद्वारा असंवैधानिक रूपमा गरिएकाे संसद विघटनकाे विरूद्व जिम्मेवार नागरिकहरू एक भई पुन: राजनितिक स्थिरता कायम गर्ने तर्फ पहल गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।

    कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका कार्यपालिका सदस्य दानु अधिकारी सापकाेटा, गाछेपानी खानेपानीका सल्लाहकार सरन सापकाेटा, समाजसेवी शिव गर्ताैला लगायतले सामाजिक विकासमा समाजका सबै पक्ष सक्रिय रहनुपर्ने बताउनुभयाे ।

    भवन निर्माणमा सहयाेग पुर्याउने सबैलाई धन्यवाद दिदैं गाछेपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव त्रिलाेचन लम्सालले भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा उल्लेख्य सहयाेग पुर्याउनुहुने स्वर्गीय मेघनाथ गर्ताैलाकाे स्मरण गर्नुभयाे ।

    कार्यक्रममा सामुदायिक भवन निर्माण समितिका संयाेजक ईन्दिरा पाैडेलले भवन निर्माणकाे आय व्यय विवरण र खानेपानी समितिका काेषाध्यक्ष विजय कुमार अर्यालले समितिकाे बार्षिक प्रगति प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।

    आमा समूहका अध्यक्ष बिन्देश्वरी लम्सालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन सचिव अस्मिता खनालले गर्नुभएकाे थियाे । साे अवसरमा भवन निर्माणकाे क्रममा प्राविधिक सहयाेग पुर्‍याए बापत शुक्लागण्डकी नगरपालिकाका सब ईन्जिनियर अविनाश गुरूङलाई सम्मान गरिएकाे थियाे ।