होमस्टेलाई पाँच लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    होमस्टेलाई पाँच लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७७, आईतवार

    तनहुँ : भिमाद नगरपालिका–९ पाथर्दीमा सञ्चालित पाथर्दी सामुदायिक होमस्टेको विकासका लागि पाँच लाख रुपैयाँ सहयोग प्राप्त भएकाे छ । सोही ठाउँ घर भई हाल काठमाडौँ बस्दै आउनुभएका दिलबहादुर थापाले उक्त रकम सहयोग गर्नुभएकाे हाे ।

    पाथर्दीमा आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङमार्फत होमस्टेका अध्यक्ष शिवकुमार आलेलाई उहाँले पाँच लाखकाे चेक हस्तान्तरण गर्नुभयाे ।

    दिलबहादुर काठमाडौंमा रहेको हाईभिजन ग्रुपका प्रबन्ध निर्देशक हुनुहुन्छ । आफ्नो जन्मगाउँले होमस्टे सञ्चालन गरी देशभर ख्याति कमाएको र अझै होमस्टेको विकास गर्नलाई आर्थिक अभाव नहोस भनेर सहयोग गरेको उहाँले बताउनुभयाे । उहाँले होमस्टेले गाउँका सबैलाई एक बनाएको उल्लेख गर्नुभयाे ।

    यसअगाडी पनि थापाले पाथर्दीको युवा क्लबलाई खेल मैदान निर्माण गर्न चार रोपनी जग्गा खरिद गरिदिएको पाथर्दी सामुदायिक होमस्टेका अध्यक्ष आलेले जानकारी दिनुभयाे । मगर समुदायको बाहुल रहेको पाथर्दीका १० घरमा होमस्टे सञ्चालन गरिएको छ । दुई वर्षदेखि यहाँ होमस्टे सञ्चालन गरिएको हो । बोयर बाख्रा पालनले प्रख्यात बनेको गाउँलाई पर्यटनसँग जोडेर यहाँ स्थानीय आत्मनिर्भर बन्न खाेजेका छन् ।