सहिद सप्ताहको छैटौं दिन कृषि, पशु तथा विज्ञान प्रदर्शनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    सहिद सप्ताहको छैटौं दिन कृषि, पशु तथा विज्ञान प्रदर्शनी

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका कृषि संकलन केन्द्र एवं हाट बजारमा बिहीबार सहिद सप्ताहको छैटौं दिन बृहत कृषिजन्य वस्तु,पशु तथा विज्ञान प्रदर्शनी सम्पन्न भएको छ। देवघाट गाउँपालिकाको कृषि तथा पशु विकास शाखाको आयोजनामा भएको सो कार्यक्रममा विभिन्न कृषिजन्य सामग्री तथा पशुपंक्षीहरूको प्रदर्शनी गरिएको थियो ।

    कृषिजन्य वस्तु तथा पशु प्रदर्शनीमा मुला, काउली, अदुवा , टमाटर, लसुन, आलु, सिमी, गाजर, पिँडालु, सलगम, मेवा, उखु, रायौँ साग, धनिया, कन्तुर, बोडी, च्याउ, गहत,गाई र बाख्रा लगाएत प्रदर्शनी गरिएको थियो। साथै अन्तर माध्यमिक विद्यालय स्तरीय विज्ञान प्रदर्शनीमा महेश संस्कृत गुरूकुलम् सहभागी विद्यार्थीहरुले हवनको वैदिक एवं वैज्ञानिक रहस्य, सूर्य, चन्द्र र पृथ्वीका बिचको दूरी, सूर्यार्धको वैदिक एवं वैज्ञानिक रहस्य प्रदर्शनी गरेका थिए ।


    कालिका माध्यमिक विद्यालयबाट केवुलकार, आलुबाट विद्युत निकाल्ने र बत्ती बाल्ने, टमाटरबाट विद्युत निकाल्ने र बत्ती बाल्ने, न्युटन रिङ्ग, हाइड्रोलिक लिफ्ट, सोलार कार, मोटर वोट, पेरिस्कोप, सोडियम मोडल, थोपा सिंचाई, ज्वालामुखि र नमुना गाउँको प्रदर्शनी गरिएको थियो ।