देवघाटमा जनयुद्ध दिवस मनाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा जनयुद्ध दिवस मनाइयाे

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) देवघाट गाउँ कमिटीकाे आयाेजनामा शनिबार २६ औं जनयुद्ध दिवस मनाइएकाे छ । कार्यक्रममा नेकपा जिल्ला कार्यालय सदस्य विष्णुभक्त सिग्देलले सङ्घीय लाेकतान्त्रिक गणतन्त्रकाे रक्षा भएमा मात्रै जनयुद्धकाे सम्मान हुने बताउनुभयाे ।

    कार्यक्रममा नेकपा जिल्ला सचिवालय सदस्य एवं देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापा, जिल्ला सचिवालय सदस्य शुक्र चुमान, सहिद परिवार रामबहादुर भट्ट , नेपाली काङ्ग्रेसका कृष्णराज न्यौपाने , नेकपा क्रान्तिकारीका विश्वनाथ लामिछाने, भिम प्रसाद सापकोटा लगायतले आफ्नाे धारणा व्यक्त गर्नुभएकाे थियाे । गाउँ कमिटी अध्यक्ष भुवन गुरुङकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।