‘ विपि राजमार्ग, तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलाई जनताले सम्झिरहनेछन्’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘ विपि राजमार्ग, तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलाई जनताले सम्झिरहनेछन्’

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    काठमाडौं : राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले शिष्टाचार भेटघाट गर्नुभएको छ । राजदूत सइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गर्नुभएको हो ।

    भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताउनुभयो ।

    करिब एक वर्षदेखि कोरोना भाइरस महामारिका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अबरोध भएको बताउँदै उहाँले अब खोप लगाउन थालेपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो । ‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु,’ उहाँले भन्नुभयो ।

    जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार रहेको बताउँनुहुँदै उहाँले जापानको सहयोगमा निर्माणसम्पन्न विपि राजमार्ग, निर्माणाधिन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्गलगायतका योजना नेपाली जनताले सम्झिरहने बताउनुभयो ।

    ‘पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको सहायता महत्वपूर्ण रहिआएको छ,’ उहाँले भन्नुभयो ।त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापनबाट नेपाल आउने पर्यटक, स्वयम्सेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पु¥याउने बताउनुभयो ।

    उहाँले नेपालको संघीय संसद र जापानको संसदबीच पनि सुमधुर सम्बन्ध रहेको बताउँदै समय–समयमा हुने भ्रमण आदान–प्रदानले सम्बन्धलाई प्रगढ हुन सहयोग पुगेको बताउनुभयो । ‘अहिलेको महामारी साम्य भई आवतजावत सहज भएपछि जापानको हाउस अफ् काउन्सिलरका प्रेसिडेन्टलाई नेपाल भ्रमणको निम्ता दिन चाहन्छु,’ उहाँले भन्नुभयो ।

    भेटका अवसरमा राजदूत मासामिची साइगो नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताउनुभयो ।