जलविद्युत प्रभावितलाई सीपमूलक तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    जलविद्युत प्रभावितलाई सीपमूलक तालिम

    ऋषिकान्त दुवाडी

    ६ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित समुदायलाई सीपमूलक तालिम प्रदान गरिएको छ । भीमाद नगरपालिका–५ स्थित तनहुँ जलविद्युत आयोजनाको सार्वजनिक सूचना केन्द्र कार्यालयको आयोजनामा शुक्रबारदेखि प्रभावित समुदायलाई सिलाई कटाई तालिम शुरु भएको हो ।

    तालिमको संयोजन तनहुुँ प्राविधिक शिक्षालयले गरेको छ । तालिमको उद्घाटन गर्दै तनहुँ जलविद्युत आयोजनाका निर्देशक मोतीलाल महतराले आयोजना निर्माणका क्रममा प्रभावित क्षेत्रका समुदायलाई जीविकोपार्जनका लागि तालिम दिइएको बताउनुभयो । उहाँले सीप सिकाई अभ्यासमा आधारित भएका कारण प्रशिक्षार्थीहरुले अभ्यासमा ध्यान दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा तनहुँ जलविद्युत आयोजनाका भोला शर्माले आयोजनाले प्रभाव पारेको व्यास नगरपालिका, भीमाद नगरपालिका ऋषिङ गाउँपालिका र म्याग्दे गाउँपालिकाका एक हजार जनालाई सीपमूलक तालिम दिइने बताउनुभयो । तनहुँ प्राविधिक शिक्षालयका प्रमुख परशुराम खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तनहुँ हाइड्रोपावर इएसएमएसपिका लाईभ्लीहुड एण्ड टे«निङ डेभल्पमेन्ट स्पेसिलिष्ट दीपेन्द्रराज शाहीले गर्नुभएको थियो ।

    तालिममा भीमाद नगरपालिका–५, म्याग्दे गाउँपालिका–५ र ऋषिङ गाउँपालिका–५ का २० जनाको सहभागिता छ । तालिम ६५ दिनसम्म सञ्चालन हुनेछ । शाहीका अनुसार प्रभावित समुदायको आवश्यकता र मागलाई ध्यानमा राखेर तालिम प्रदान गरिनेछ । आयोजना निर्माणका क्रममा ५ सय ६३ घरपरिवारको जग्गा प्रभावित भएको र ७९ घर प्रभावित भएको हाइड्रोपावरका जनसम्पर्क अधिकृत उत्तमराज न्यौपानेले बताउनुभयो ।