आँबुखैरेनीमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा मनाइयो अन्तराष्ट्रिय नारी दिवस

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले सोमबार एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका उपप्रमुख पवित्रा पौडेलले अवसर नपाएका कारण महिलाहरु पछाडी परेको बताउनुभयो ।

    गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले संविधानले महिलालाई धेरै हक अधिकार दिएको चर्चा गर्दै त्यसको अझै पनि उपयोग हुन नसकेको बताउनुभयो । महिलाहरु आफै सक्रिय भएर हक र अधिकार खोज्नुपर्ने र त्यसका लागि महिला पनि सक्षम हुनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा गाउँपालिकाभित्रका ८० वर्ष कटेका २८ जना महिलालाई सम्मान गरिएको थियो ।