माओवादीले आफ्ना कोटाबाट मन्त्री बनेकालाई फिर्ता बोलायो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माओवादीले आफ्ना कोटाबाट मन्त्री बनेकालाई फिर्ता बोलायो

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७७, शनिबार

    काठमाडौं : नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीको तर्फबाट सरकारमा रहेका मन्त्रीहरुलाई तत्काल सरकार छाड्न निर्देशन दिएको छ। शनिवार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हाे ।

    माओवादीको कोटाबाट मन्त्री बन्नेहरूमा रामबहादुर थापा बादल, लेखराज भट्ट, प्रभु साह, मणि थापा र दावा लामा रहेका छन्। उनीहरु सरकारबाट नफर्के कारबाही हुने बताइएकाे छ ।

    त्यसैगरी माओवादी केन्द्रले एमालेमा केन्द्रीय सदस्य बनेका २३ नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। उनीहद्ये २४ घण्टाभित्र पार्टीमा फर्किने वा दलत्यागबारे स्पष्टीकरण दिनुपर्ने र त्यसो नगरेमा कारबाही अघि बढाइने माओवादीको तयारी छ।