पाेखरा : नेकपा एमालेबाट निलम्बित नेता माधवकुमार नेपालले पोखरा पुगेर समानान्तर कमिटी गठनको अभियान घोषणा गर्नुभएकाे छ । नेपाल र अर्का नेता सुरेन्द्र पाण्डेको उपस्थितिमा भएको भेलाले कास्कीमा समानान्तर कमिटी घोषणा गरेको छ । समानान्तर कमिटीको अध्यक्षमा धनराज आचार्य र सचिव होमवहादुर नेपाली घोषित हुनुभएकाे हाे ।
७५ सदस्यीय जिल्ला कमिटीका बाँकी सदस्यसहित सिंगो टिम घोषणा गरिएको नेताहरुले बताएका छन् । नेकपा एमालेको कास्की जिल्ला अध्यक्ष कृष्ण थापा छन् । कास्कीमा जिल्ला कमिटीदेखि सबै जनप्रतिनिधिहरु संस्थापन पक्षमा छन् । नेपालले आफ्नो समूह कमजोर रहेको जिल्लाबाट समानान्तर कमिटी थाल्नुभएकाे हाे ।