तउवासङ्घ : अध्यक्षमा मात्रै मतदान, अन्य सबैमा सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तउवासङ्घ : अध्यक्षमा मात्रै मतदान, अन्य सबैमा सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०७८, शुक्रबार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको शनिबार हुने १६ औ अधिवेशनमा अध्यक्ष पदका लागि मात्रै मतदान हुने भएको छ । अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका पविन्द्रकुमार श्रेष्ठ र बैकुण्ठनाथ मिश्रबीच सहमति गराउने प्रयास भएपनि सम्भव नभएपछि अध्यक्षका लागि मतदान हुने निश्चित भएको हो । अध्यक्षका अर्का उम्मेदवार अर्जुन अधिकारीले भने उम्मेदवारी फिर्ता लिनुभएको छ।

    अध्यक्ष बाहेकका अन्य सबै पदमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल र कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

    प्रथम उपाध्यक्षमा उम्मेदवारी दिनुभएका राजकुमार श्रेष्ठ (राकु), सुरेश पुरी र सुबोध अधिकारीले उम्मेदवारी फिर्ता लिनुभएको छ । द्वितीय उपाध्यक्षमा उम्मेदवारी दिनुभएका नेक मोहम्मद मिया र सुनिल श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । त्यस्तै कोषाध्यक्षमा महेन्द्र श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

    यसैगरी एसोशिएट सदस्यमा शिवओम मल्ल निर्वाचित हुनुभएको छ। वस्तुगत सदस्यमा तनहुँ सुनचॉदी व्यवसायी सङ्घ सर्वसम्मत निर्वाचित भएको उद्योग वाणिज्य सङ्घले जनाएको छ ।