कर्णालीका तीन सांसद एमालेबाट निश्कासित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कर्णाली

    कर्णालीका तीन सांसद एमालेबाट निश्कासित

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, शनिबार

    काठमाडाै : नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटीको शनिबार बसेको वैठकले संसदमा माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई पार्टीबाट निश्कासित गरेको छ । पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको अध्यक्ष गोरख वोगटीले बताउनुभयाे ।

    पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेको ठहरसहित उनीहरुलाई निश्कासन गरिएको हो । अर्का सांसद प्रकाश ज्वालालाई पनि निश्कासन गर्न केन्द्रलाई पत्र पठाउने वैठकले निर्णय गरेको छ ।

    प्रदेश कमिटी अध्यक्ष बोगटीले जारी गरेको विज्ञप्तिमा संसदीय दलले गरेको निर्णयलाई समेत आधार बनाइ उनीहरुमाथि कारवाही गरिएको उल्लेख छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘निजहरुलाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ ।’