तनहुँ : तनहुँमा बिहीबार पाँच कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भिमाद र शुक्लागण्डकी नगरपालिकामा पाँच सङ्क्रमित थपिएका हुन् ।
भिमाद नगरपालिका-१ का ४१ वर्षीय पुरुष, भिमाद-६ का ३५ वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिका-५ का ६८ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका-३ की २७ र शुक्लागण्डकी नगरपालिका-४ की २२ वर्षीया महिलामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।