तनहुँ : लायन्स क्लव अफ तनहुँ व्यास सिटीको अध्यक्षमा प्रदीप मल्ल चयन हुनुभएको छ । शनिबार सम्पन्न क्लवको साधारणसभाबाट वर्ष २०२१/२२ का लागि मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
जसअनुसार प्रथम उपाध्यक्षमा अन्जु दाहाल, द्वितीय उपाध्यक्षमा सुकनारायण मल्ल, तृतीय उपाध्यक्षमा एकप्रसाद श्रेष्ठ, सचिवमा शान्ता बास्तोला, सहसचिवमा विमला अधिकारी, कोषाध्यक्षमा राजु गोशली, सहकोषाध्यक्षमा राजकुमार श्रेष्ठ चयन हुनुभएको छ ।
क्लवका वर्ष २०२०/२१ का अध्यक्ष एवं २०२१/२२ का जोन चियरपर्सन कुमार मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।