सुरु भयो प्रतिनिधिसभाको दोस्रो बैठक, ओलीद्वारा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सुरु भयो प्रतिनिधिसभाको दोस्रो बैठक, ओलीद्वारा विश्वासको मत लिने प्रस्ताव प्रस्तुत

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने  पुष्टयाइँका बोलाइएको प्रतिनिधिसभाको विशेष अधिवेशन अन्तर्गत दोस्रो बैठक सुरु भएको छ । 

    आजको अधिवेशनको पहिलो बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनुभयाे । त्यसलगत्तै सभामुखका प्रस्तावमा बैठक सञ्चालन गर्ने सांसद सम्मिलित अध्यक्षमण्डल  गठन गरेर १५ मिनेट बैठक स्थगित गर्नुभयाे ।

    त्यसपछि पुनः सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्ताव प्रस्तुत गरेका छन्। प्रस्ताव टेबल गरेसँगै प्रधानमन्त्रीले आफ्नो मन्तव्यसहित प्रस्तावका पक्षमा मतदान गर्न सभामा आग्रह गर्नेछन् । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमाथि केन्द्रित रही दलीय प्रतिनिधित्वका आधारमा सदस्यले आआफ्ना धारणा राख्नेछन् । सांसदको धारणा र उठाइएको प्रश्नमा प्रधानमन्त्री ओलीले जवाफ दिनुहुनेछ ।