पाेखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा थप १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कास्कीका दुई, स्याङ्जाका दुई, म्याग्दीका दुई, पर्वतका दुई, रुपन्देहीका एक र तनहुँका एक सङ्क्रमितको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पोखरा महानगरपालिका–७ का ६७ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोखरा महानगरपालिका–१३ का ८७ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ । उहाँमा वैशाख २४ गते सङ्क्रमण पुष्टि भएको थियो ।
स्याङ्जाको फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीया महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख २३ गते सङ्क्रमण पुष्टि भएको थियो । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ८४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २१ गते सङ्क्रमण पुष्टि भएको थियो ।
म्याग्दीको धौलागिरी गाउँपालिका–२ का ३७ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उहाँमा वैशाख २३ गते सङ्क्रमणको पुष्टि भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको बेनी अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २६ गते सङ्क्रमण पुष्टि भएको थियो ।
पर्वतको कुश्मा नगरपालिका–१ का ४७ वर्षीय पुरुषको बागलुङमा मृत्यु भएको छ । उहाँमा वैशाख २१ गते सङ्क्रमण पुष्टि भएको थियो । पर्वतको कुश्मा नगरपालिका–४ का ६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा वैशाख २२ गते सङ्क्रमण पुष्टि भएको थियो ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ का ३४ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख २६ गते सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै भानु नगरपालिका–१ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।