कोरोना सङ्क्रमण : व्यासका दुई जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण : व्यासका दुई जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ जेष्ठ २०७८, आईतवार

    दमाैली : तनहुँको व्यास नगरपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ८० वर्षीया वृद्धा र व्यास नगरपालिका–१३ का ९१ वर्षका वृद्ध रहेको व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । व्यास–४ की वृद्धाको दमौली अस्पतालबाट फर्किएपछि घरमा र व्यास–१३ का वृद्धको नेशनल एपोलो अस्पतालमा मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या आएपछि नेशनल एपोलो अस्पतालमा आएका वृद्धको रिपोर्ट नआउँदै मृत्यु भएको अस्पतालका सञ्चालक चुडामणि दाहालले जानकारी दिनुभयो । “हिजै अस्पतालमा भर्ना हुनुभएको थियो, हिजो नै स्वाब लिएर पोखरा परीक्षणका लागि पठाएका थियौ,” दाहालले भन्नुभयो ।

    दुवै मृतकको आज नेपाली सेनाले दाहसंस्कार गरेको छ । व्यास–५ चापाघाटस्थित कालीभञ्जन गण (इ) ले सङ्क्रमितको शव व्यवस्थापन गर्ने गरेको छ ।

    तस्वीर : शेषराज श्रेष्ठ