म्याग्देका दुई विपन्न परिवारलाई विवेकशीलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देका दुई विपन्न परिवारलाई विवेकशीलको सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : कोरोना सङ्क्रमण न्यूनीकरणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका तनहुँको म्याग्दे गाउँपालिका–५ छाङपाटनका दुई परिवारलाई विवेकशील साझा पार्टीले खाद्यान्न सहयोग गरेको छ । विवेकशील साझा पार्टी तनहुँ र व्यास नगर समितिले आर्थिक रुपमा विपन्न दुई परिवारलाई बुधबार खाद्यान्न सहयोग गरेको हो ।

    May be an image of 2 people and outdoors

    स्थानीय एक व्यक्तिबाट उहाँहरुको अवस्थाका बारेमा जानकारी प्राप्त भएपछि चामल, आलु, प्याज, नून, तेल लगायतका खाद्यान्न सामग्री प्रदान गरिएको विवेकशील साझा पार्टी तनहुँका संयोजक सागर घिमिरेले जानकारी दिनुभयो । खाद्यान्न वितरणका लागि घिमिरे सहित व्यास नगर समितिका संयोजक सलमान अली, सदस्यहरु लक्ष्मी अधिकारी र मोहम्मद गफ्फार पुग्नुभएको थियो ।

    May be an image of 1 person, standing and outdoors

    दुवै परिवारका एक÷एक सदस्य अपाङ्ग छन् । एक जना अपाङ्ग बालकका बुबाआमा नरहेको र उनलाई सानिआमाले पालनपोषण गर्दै आएका छन् । अर्का एक व्यक्ति भने विगत दुई वर्षदेखि थला पर्नुभएको छ । “पार्टीकै साथीहरुबाट आर्थिक सङ्कलन गरेर खाद्यान्न वितरण गरेका हौ,” घिमिरेले भन्नुभयो ।