बादलको विपक्षमा गएपछि एमालेले गर्‍यो माधव नेपालको भर्त्सना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बादलको विपक्षमा गएपछि एमालेले गर्‍यो माधव नेपालको भर्त्सना

    खबरपुञ्ज संवाददाता

    ५ जेष्ठ २०७८, बिहीबार

    काठमाडौ: सत्तारुढ नेकपा एमाले स्थायी कमिटी बैठकले राष्ट्रियसभा उमेदवार रहेका नेता रामबहादुर थापा बादलको विपक्षमा उभिने नेताहरुको क्रियाकलापप्रति भर्त्सना गरेको छ।

    बादललाई मतदान नगरी कलम चिन्ह लिएर उठेका डा. खिमलाल देवकोटालाई सघाउने वरिष्ठ नेता माधवकुमार नेपालसहितको क्रियाकलापको एमालेले भर्त्सना गरेको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बागमतीमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा बादलको विपक्षमा उभिने वरिष्ठ नेता नेपालसहितको गतिविधिलाई गम्भीर रुपमा लिएर छलफल गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताउनुभयो ।