ऑबुखैरेनी तथा सत्रसय इकाईद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनी तथा सत्रसय इकाईद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ८ जेष्ठ २०७८, आईतवार

    तनहुँ : तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई र सत्रसय बजार इकाईले संयुक्त रुपमा पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ। इकाईले आइतबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी, मेरो साथी एफ. एम. तथा आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकामा कार्यरत पत्रकारहरुका लागि स्वास्थ्य सामग्री वितरण गरेको हो।

    स्वास्थ्य सामग्री प्रदान गर्दै कोरोना महामारीको बेला भएपनि कर्तव्य पालनको शिलशिलामा अग्रपंक्तिमा खटिनु पर्ने भएकोले थोरै भएपनि प्रहरी र पत्रकारका लागि संघले सहयोग गरेको आँबुखैरेनी बजार इकाईका सभापति दिपक कोइरालाले बताउनुभयो। ‘अहिलेलाई थोरथोरै भएपनि माक्स, स्यानीटाइजर, फेससिल्ड लगायतका स्वास्थ्य सामाग्री सहयोग गरिएको छ, पछि पनि थप आवश्यक सामग्री सहयोग गर्नेछौं,” उहाँले भन्नुभयो।

    स्वास्थ्य सामग्री सहयोगप्रति धन्यवाद व्यक्त गर्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले संघको सहयोग निरन्तर पाईरहेकोले आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताउनुभयो।