दुलेगौडा : तनहुँको शुक्लाण्डकी-८ मा दुई दिनमा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । बुधबार मात्रै एक महिलाको मृत्यु भएकामा बिहीबार थप एक पुरुषको मृत्यु भएको छ ।
वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार हिमालीटोलका ४८ वर्षीय पुरुषको बिहीबार ग्यालेक्सी अस्पताल पोखरामा मृत्यु भएको छ ।
बुधबार सोही वडाकी ५५ वर्षीया महिलाको जनप्रिय अस्पतालमा मृत्यु भएको थियो।