कोरोना सङ्क्रमणबाट तनहुँका ६ जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमणबाट तनहुँका ६ जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ जेष्ठ २०७८, शुक्रबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा घिरिङ, भानु, भिमाद, शुक्लागण्डकी र म्याग्देका सङ्क्रमितको मृत्यु भएको हो ।

    घिरिङ–१ का ४० वर्षीय पुरुषको मेडिप्लस अस्पतालमा मृत्यु भएको छ । उहाँमा वैशाख ७ गते कोरोना पुष्टि भएको थियो ।

    भानु–११ की २५ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ ५ गते कोरोना पुष्टि भएको थियो । भिमाद–६ की ७७ वर्षीया महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ ८ गते कोरोना पुष्टि भएको थियो ।

    शुक्लागण्डकी–७ का ४८ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उहाँमा जेठ ९ गते कोरोना पुष्टि भएको थियो ।

    म्याग्दे–२ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उहाँमा जेठ ३ गते कोरोना पुष्टि भएको थियो ।

    शुक्लागण्डकी–८ का ४८ वर्षीय पुरुषको ग्यालेक्सी अस्पतालमा मृत्यु भएको छ । उहाँमा जेठ ११ गते कोरोना पुष्टि भएको थियो ।