आँबुखैरेनी-पाेखरा सडक बिस्तार गर्न ७ अर्ब २७ कराेड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी-पाेखरा सडक बिस्तार गर्न ७ अर्ब २७ कराेड

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०७८, शनिबार

    तनहुँ : सरकारले आँबुखैरेनी पोखरा सडकखण्ड विस्तारका लागि रु ७ अर्ब २७ करोड विनियोजन गरेको छ । आर्थिक वर्ष ०७८÷७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त कुराको जानकारी दिनुभयो ।

    यो सडकका लागि बोलपत्र आव्हान भएर ठेकेदार छनौट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तार कार्य निर्माण हुने भएको छ ।

    ८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।

    पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ