बजेटमा तनहुँ : समेटिए यस्ता योजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बजेटमा तनहुँ : समेटिए यस्ता योजना

    खबरपुञ्ज संवाददाता

    १५ जेष्ठ २०७८, आईतवार

    तनहुँ : सरकारले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेट शनिबार सार्वजनिक गर्याे । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक गरेको बजेटमा तनहुँका विभिन्न योजना समेटिएका छन् ।

    आँबुखैरेनी पोखरा सडकखण्ड विस्तार, बालसुधार गृह निर्माण, तामाखानी उत्खनन्, औद्योगिक क्षेत्र निर्माण लगायतका जिल्लाका योजना बजेटमा समावेश भएका छन् ।

    यी हुन् बजेटमा समेटिएका योजना :

    आँबुखैरेनी पोखरा सडक विस्तार

    सरकारले तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको सडकखण्ड विस्तारका लागि रु ७ अर्ब २७ करोड विनियोजन गरेको छ । यो सडकका लागि बोलपत्र आव्हान भएर ठेकेदार छनौट पनि भइसकेको छ । बजेट सुनिश्चित भएपछि सडक विस्तार कार्य निर्माण हुने भएको छ । ८० किलोमिटर लामो आँबुखैरेनी–पोखरा सडक खण्डलाई ४०–४० किलोमिटरको दुई प्याकेज बनाइएको छ । पहिलो चरणमा आँबुखैरेनी–पोखरा र दोस्रो चरणमा मुग्लिन–आँबुखैरेनी विस्तार गरिनेछ ।

    पोखरा–मुग्लिन सडकखण्डको भौगोलिक बनावट र जनघनत्वलाई आधार मानेर सडक चौडा निर्धारण गरिनेछ । घनाबस्ती भएको स्थानमा सडकको चौडाइ ४१ मिटरसम्मको हुनेछ। विस्तारित सडक दुवैतर्फ ७÷७ मिटरको हुनेछ ।

    व्यासमा औद्योगिक क्षेत्र

    व्यास नगरपालिका–५ चिन्तुटारमा औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि आगामी वर्ष सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्री पौडेलले घोषणा गर्नुुभयो । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको भूमिका बढाउने र पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय लगानीकर्ता आकर्षित गरिनेछ ।

    आँबुखैरेनीमा बाल सुधार गृह र तामाखानीको सम्भाव्यता अध्ययन

    तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढकालटारमा बाल सुधार गृह निर्माण हुने भएको छ । सरकारले बाल सुधार गृह निर्माणका लागि बजेट विनियोजन गरेको छ । ढकालटारमा बालगृह स्थापनाका लागि गत चैत महिनामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गर्नुभएको थियो । नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ । ढकालटारमा विद्युत प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ ।

    यसैगरी आँबुखैरेनीमा तामाखानीको सम्भाव्यता अध्ययन गरी उत्खनन् गरिने बजेट भाषणमा समावेश छ ।

    भानुभक्त प्राणी उद्यान

    यसैगरी बजेटभाषणमा भानुभक्त प्राणी उद्यानको निर्माण कार्य सम्पन्न गर्ने उल्लेख छ । नेपालका विभिन्न स्थानमा पाइने वन्यजन्तुको प्रतिनिधिमूलक वनको रुपमा संरक्षण गर्ने, मध्यपहाडी वन क्षेत्रका घाइते तथा टुहुरा वन्यजन्तुको उद्धार गरी संरक्षण एवं संवद्र्धन गर्ने, वंशाणुगत विविधता संरक्षण गर्ने, प्रयोगशाला अध्ययन, अनुसन्धान प्रबद्र्धन गर्दै संरक्षित क्षेत्रमा वन्यजन्तुको वैज्ञानिक व्यवस्थापनमा विकास गर्ने लगायतका उद्देश्य राखेर सरकारले भानुभक्त प्राणी उद्यानको कामलाई अगाडी बढाएको छ ।

    भानुभक्त प्राणी उद्यानले १३ वन क्षेत्रलाई समावेश गरेको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको छ ।

    तनहुँ जलविद्युत आयोजना

    यसैगरी तनहुँ जलविद्युत आयोजनालाई तीव्रता दिइने सरकारको घोषणा छ । ऋषिङ गाउँपालिका–१ एक सय ४० मेगावाट क्षमताको आयोजना अगाडी बढिरहेको छ । तीन वटा प्याकेज अन्तर्गत आयोजनाको काम अगाडी बढेको छ ।

    बन्दीपुरलाई पुनःजागृत गरिने

    पर्यटकीय नगरी बन्दीपुरलाई पुनःजागृत गर्ने सरकारले घोषणा गरेको छ । जिल्लाको पुरानो सदरमुकाम बन्दीपुरमा पूर्वाधार विकास गरी पुनःजागृत गर्ने योजना सरकारले ल्याएको हो ।