दमौली : व्यास-१ स्थित भादगाउँ करादी खिरखादी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी वितरणमा समस्या आएको छ। केही दिनदेखि परेको वर्षाका कारण आएको बाढीले खानेपानी वितरणमा समस्या आएको हो ।
दुई दिन खानेपानी वितरणमा समस्या आउने समितिका सचिव राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।
करिब सात किलोमिटर दूरीमा पर्ने व्यास–१४ स्थित छाब्दी बाराही मुहानबाट ल्याएर खानेपानी वितरण हुँदै आएको छ ।