८३ वर्षीय वृद्धको देवघाट अध्यक्षद्वारा उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    ८३ वर्षीय वृद्धको देवघाट अध्यक्षद्वारा उद्धार

    खबरपुञ्ज संवाददाता

    १८ जेष्ठ २०७८, बुधबार

    देवघाट : तनहुँको देवघाट गाउँपालिका–५ निवासी ८३ वर्षीय वृद्धको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्धार गर्नुभएको छ । गाउँपालिकाभित्र दुई दशक अगाडीदेखि बसोबास गर्दै आउनुभएका ती वृद्धको अध्यक्ष थापाले उद्धार गर्नुभएको हो ।

    एक्लै बस्दै आउनुभएका कृष्णबहादुर न्यौपाने केही समयदेखि बिरामी भएपछि थापा आफै घरमा पुगेर उहाँको उद्धार गर्नुभएको छ । ती वृद्धलाई मानव सेवा आश्रममा पठाइएको छ ।

    देवघाटस्थित पुरानो झोलुङ्गे पुलमा बसेर दैनिक गुजारा गर्ने न्यौपाने दोहोरो कुरा गर्न नसक्ने, काम कम सुन्ने, आँखा पनि कम देख्ने गर्नुहुन्थ्यो । उहाँ २० दिनदेखि बिरामी भएपछि घरमा नै बस्दै आउनुभएको थियो । वृद्धसँग रु पाँच हजार रहेकाले उक्त रकम पनि आश्रमलाई बुझाइएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

    गाउँपालिकाले वृद्धको कोरोना परीक्षण र स्वास्थ्य उपचारको व्यवस्था देवघाटस्थित धर्मार्थ अस्पतालमा मिलाएको थियो । स्वास्थ्य सुधार आएको र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि आश्रममा बुझाइएको छ । “एक्लै बस्दा उहाँलाई झन् स्वास्थ्यमा समस्या हुने भएपछि मानव आश्रम सेवामा लगेका हौ,” उहाँले भन्नुभयो, “त्यहाँ रहँदा उहाँको स्वास्थ्य चेकजाँच लगायतमा सहज हुन्छ ।”