शुक्लागण्डकी–८ मा एन्टिजेनबाट थपिए १८ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी–८ मा एन्टिजेनबाट थपिए १८ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १९ जेष्ठ २०७८, बिहीबार

    दुलेगाैडा : तनहुँको शुक्लागण्डकी–८ मा एन्टिजेनबाट १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय कोरोनाको हटस्पट बनेको यस वडामा बिहीबार गरिएको एन्टिजेन परीक्षणबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

    आधारभूत स्वास्थ्य केन्द्रमा गरिएको निःशुल्क परीक्षणमा ६७ जनाको परीक्षण गरिएको थियो । बिहीबार १८ थपिएसँगै यस वडामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६४ पुगेको छ ।

    वडामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि नियन्त्रणका लागि वडा कार्यालय सक्रिय देखिएको छ । वडावासीलाई घर घरमा नै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्यकर्मी परिचालन गरिएको छ । वडाले १८ जना स्वास्थ्य स्वंयसेवक खटाएको वडाअध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।

    No description available.

    वडाकै हिमाली टोलमा सामान्य सङ्क्रमितका लागि २० शय्याको आइसोलेशन निर्माण गरिएको छ । संयुक्त परिवारमा बस्दै आएका, डेरामा बसेका जस्ता घरमा आइसोलेट भएर बस्न असजिलो भएका सङ्क्रमितका लागि आइसोलेशन तयार पारिएको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । हिमाली टोलको नयाँ सामुदायिक भवनलाई वडाले आइसोलेशनको रुपमा प्रयोग गर्न लागेको हो ।