अपाङ्गता भएका व्यक्तिलाई इन्सेकको तर्फबाट खाद्यान्न सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    अपाङ्गता भएका व्यक्तिलाई इन्सेकको तर्फबाट खाद्यान्न सहयोग

    खबरपुञ्ज संवाददाता

    २५ जेष्ठ २०७८, बुधबार

    भानु : भानु नपा–२ फुस्रेटारका अपाङ्गता भएका ५२ वर्षीय सूर्य नेपालीको परिवारलाई इन्सेकको तर्फबाट खाद्यान्न उपलब्ध गराइएको छ । इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराई तथा मानवअधिकार समूहकी सदस्य सीता अधिकारी र खिमकुमारी गुरुङले बुधबार नेपालीको घरमै पुगेर एक बोरा चामल र एक महिनाकोलागि पुग्ने दाल, नुन र तेल उपलब्ध गराउनुभएको हो ।

    दृष्टिविहिन र सुस्तश्रवण समेत भएका नेपाली मागेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । उहाँकी पत्नी ४८ वर्षीया कालीमाया नेपाली पनि शारीरिक रुपमा अस्वस्थ हुनुहुन्छ । कोभिडको दोश्रो लहर शुरु भएपछि भानु नगरपालिकामा समेत निषेधाज्ञा लगाईएपछि नेपाली माग्न जान नसक्ने अवस्थामा हुनुभएको बारेमा मानवअधिकार समूह भानु नगरपालिकाको बुधबार भएको भर्चुअल बैठकमा सदस्यहरुले जानकारी गराएपछि सोही दिन नेपालीको परिवारलाई खाद्यान्न सहयोग उपलब्ध गराईएको हो ।

    आर्थिक अवस्था निकै कमजोर भएका नेपाली यस अघि सँधै नगरपालिका कार्यालय नजिकै माग्न जाने र त्यसैबाट सङ्कलित पैसाले जीविकोार्जन गर्दै आएको उहाँका भाई प्रेमबहादुर नेपालीले बताउनुभयो । निषेधाज्ञापछि माग्न जाने बाटो पनि बन्द भएका कारण विहान बेलुकीको छाक टार्न समस्या भएपछि छिमेकीहरुले कहिलेकाँही सहयोग गरेको उहाँले बताउनुभयो ।