एसओएसको ३५ औं स्मृति दिवस मनाइयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    एसओएसको ३५ औं स्मृति दिवस मनाइयो

    विवि श्रेष्ठ

    ९ असार २०७८, बिहीबार

    दमाैली : एसओएस बालग्राम नेपालको ३५ औ स्मृति दिवस मनाईएको छ । परिवार सवलीकरण कार्यक्रमलाई मुख्य कार्यक्षेत्र बनाएको बालग्राम नेपालले व्यास नगरपालिका वडा नं १४ र १३ मा स्मृति दिवस मनाएको हो ।

    एसओएस बालग्राम नेपालका संस्थापक प्रा.डा. हर्मन माईनरको १०२ औ जन्मोत्सव तथा ३५ औ स्मृति दिवस केशवटारमा मनाइएको छ । परियोजनाका संयोजक अमृत पन्थीले संस्थापक प्रा.डा. हर्मन माईनरको फोटोमा माल्र्यापण गरि कार्यक्रम शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा व्यास नगरपालिका वडा नं १४ का वडाध्यक्ष काजीमान श्रेष्ठले बालग्रामले सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । विपन्न भेग र वर्ग विशेषगरि बालवालिका लक्षित कार्यक्रम सञ्चालन गर्ने संस्थाले सामाजिक परिवर्तनमा मुख्य भूमिका खेलेको उहाँको भनाई थियो ।

    परियोजना संयोजक पन्थीले बालबालिका र समाजमा पछाडि पारिएका वर्गको हक, अधिकार र उत्थानका लागि संस्थाले काम गर्दे आएको वताउनुभयो । कार्यक्रममा वडा नम्बर १३ का वडाध्यक्ष लेखबहादुर रानाले बालग्रामको राम्रो कामको चर्चा गर्नुभयो ।