व्यासको नीति तथा कार्यक्रम पारित : अर्को बैठक असार २३ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासको नीति तथा कार्यक्रम पारित : अर्को बैठक असार २३ गते

    खबरपुञ्ज संवाददाता

    ९ असार २०७८, बिहीबार

    दमाैली : व्यास नगरपालिकाको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबार ३५ औ नगरसभामा उपप्रमुख मीरा जोशीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम छलफलपश्चात् पारित भएको हो ।

    नगरसभाको अर्को बैठक असार २३ गते बुधबारका दिन बिहान ११ बजे बस्ने प्रवक्ता एवं वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    नगरसभाका अवसरमा व्यास नगरपालिकाको आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८, व्यास नगर प्रज्ञा प्रतिष्ठान विधेयक २०७८, व्यास नगर पुरातत्व, प्राचीन स्मारक तथा सङ्ग्रहालय संरक्षण, सम्बद्र्धन विधेयक २०७८, व्यास नगरपालिका कर तथा गैरकर राजश्व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, व्यास नगरपालिका कर्मचारी सेवा व्यवस्थापन गर्न बनेको विधेयक २०७८ र व्यास नगरपालिका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन (प्रथम संशोधन) २०७८ छलफलका लागि पेश गरिएको छ ।

    नगरपालिकाले आगामी वर्षका लागि रु एक अर्ब ७७ कराेड ८९ लाख १२ हजारकाे अनुमानित बजेट सार्वजनिक गरेकाे छ ।