मुग्लिन-नारायणगढ सडक एकतर्फी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मुग्लिन-नारायणगढ सडक एकतर्फी

    खबरपुञ्ज संवाददाता

    १८ असार २०७८, शनिबार

    चितवन : लगातारको वर्षाका कारण पहिरो जाँदा बन्द भएको मुग्लिङ–नारायणगढ सडक एकतर्फी खुलेको छ।

    बिहीबारबाट परेको अविरल वर्षाको कारण नारायणगढ-मुग्लिन सडकखण्डको चारकिलो, पाँचकिलो, सेतिदोवान, घोप्टेभिर र कुरिनटारमा खसेको पहिरोले गर्दा बाटो अवरुद्ध भएकोमा शनिबार विहान सवा ९ बजे एकतर्फी बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

    सवारी चालकले हतार नगरी आफनो लेनमा बसि ट्राफिक व्यबस्थापनमा खटिएको ट्राफिक प्रहरी र प्रहरीको ट्राफिक संकेतको पालना गरी सवारी साधन सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालयले चितवनले जनाएको छ।