तनहुँमा मङ्गलबार भेरोसेलको दोस्रो मात्रा : व्यासमा ११८५ लाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मङ्गलबार भेरोसेलको दोस्रो मात्रा : व्यासमा ११८५ लाई

    खबरपुञ्ज संवाददाता

    २० असार २०७८, सोमबार

    दमाैली : भेरोसेल खोप लगाएका तनहुँका ज्येष्ठ नागरिकलाई असार २२ गते मङ्गलबारदेखि दोस्रो मात्राको खोप लगाइने भएको छ । गत जेठ २५ गतेदेखि पहिलो मात्राको खोप लगाएका ६४, ६३ र ६२ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई असार २२ गतेदेखि दोस्रो मात्राको खोप लगाउन लागिएको हो ।

    उक्त उमेर समूहका ४ हजार ९ सय १५ जनाले पहिलो मात्रा लगाएका थिए । दोस्रो मात्रा खोप अभियान सम्बन्धित स्थानीय तहको समन्वयमा स्थानीय खोप केन्द्रबाट सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । खोपको व्यवस्थापन स्वास्थ्य कार्यालयले मिलाउनेछ ।

    जिल्लामा सबैभन्दा बढी व्यास नगरपालिकाका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको खोप लगाइनेछ । व्यासका एक हजार एक सय ८५ जनालाई खोप लगाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । व्यासमा १४ वडामा २२ वटा खोप केन्द्र छन् । प्रत्येक आधारभूत स्वास्थ्य केन्द्र र स्वास्थ्यचौकीबाट खोप लगाउने व्यवस्था मिलाइएको सोतीले बताउनुभयो ।