दमाैली : तनहुँकाे व्यास-१ र १३ जाेड्ने छाब्दीखाेलाले भत्काएकाे पक्की पुलकाे आइतबार विघटित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठले निरीक्षण गर्नुभएकाे छ । आइतबार बिहान श्रेष्ठले पुल भत्काएको स्थानको निरीक्षण गरी स्थानीयवासीसँग छलफल गर्नुभएकाे हाे ।
पुल भत्किएपछि समस्यामा परेका स्थानीयवासीसँग श्रेष्ठले जतिसक्दो चाडो बेलिब्रिज राख्ने र यातायात सुचारु गराउने बताउनुभयो । तत्कालीन समस्या समाधानका लागि व्यास नगरपालिकाले उक्त स्थानमा ह्युम राख्न लागेकामा श्रेष्ठले व्यास नगरपालिकालाई धन्यवाद समेत दिनुभयो । श्रेष्ठले उक्त खोलामा अब यहि साताभित्र बेलिब्रिज राख्ने काम शरु गर्ने र त्यसका लागि तुरतुरेमा रहेको बेलिब्रिज फुकाल्ने काम आइतबारबाट नै शुरु हुने जानकारी दिनुभयाे ।
सो अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरीक्षक दिनेशराज मैनाली, पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गाना लगायतले पनि छाब्दी खोलाको पुल भत्काएको स्थानको निरीक्षण गर्नुभएकाे थियाे ।