एजेन्सी : बार्सिलोनाका नयाँ अध्यक्ष योहान लापोर्ता स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबमै राख्ने उद्देश्यममा सफल भएका छन् ।
यो सिजनको अन्त्यसँगै सम्झौताबाट मुक्त भएका मेस्सी र बार्सिलोनाबिच नयाँ सम्झौतामा सहमति भएसँगै लापोर्ताको कठिन उद्देश्य पूरा भएको हो ।
नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२६ सम्म बार्सिलोनामै रहने छन् । गएको सिजन बार्सिलोना छोड्न चाहेर सम्झौतामा रहेको शर्तका कारण असफल भएका मेस्सीको नयाँ सम्झौता अनुसारको पारिश्रमिक विगतको भन्दा आधा छ ।
कोपा अमेरिका फुटबलको उपाधि जितेपछि अहिले मेस्सी बिदामा छन् । बार्सिलोनासँगको नयाँ सम्झौताको विस्तृत विवरण अझै सार्वजनिक भएको छैन ।
तर नयाँ अध्यक्ष लापोर्ताको मेस्सीलाई राख्ने प्रयास सफल भएको छ । उनले अध्यक्षको चुनावमा मेस्सीलाई जान नदिने आफ्नो प्राथमिकत वाचा बनाएका थिए ।