तनहुँ : तनहुँबाट निर्वाचित सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिएका छन् ।
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निकट रहेका सांसद श्रेष्ठले काङ्ग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गरेका हुन् । केपी ओली प्रधानमन्त्री हुँदा मन्त्री नपाएको रिस सांसद श्रेष्ठले यतिबेला फेरेका छन् ।