भानुको निर्णय : सम्बन्धित तहका स्थायी शिक्षक मात्र प्रधानाध्यापक हुन पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुको निर्णय : सम्बन्धित तहका स्थायी शिक्षक मात्र प्रधानाध्यापक हुन पाउने

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०७८, शुक्रबार

    भानु : तनहुँको भानु नगरपालिकाले सम्बन्धित तहका स्थायी शिक्षकलाई मात्र प्रधानाध्यापक बनाउने निर्णय गरेको छ । भानु नगर शिक्षा समितिको बैठकले नगरभित्रका सबै सामुदायिक विद्यालयना स्थायी शिक्षकलाई मात्र प्रधानाध्यापक बनाउने निर्णय गरेको हो ।

    स्थानीय शिक्षा ऐन २०७७ बमोजिम तोकिएको योग्यता र मापदण्ड अनुसार प्रधानाध्यापक नियुक्त गरिने नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।

    समितिका अध्यक्ष एवं नगरप्रमुख उदयराज गौलीको अध्यक्षतामा सम्पन्न बैठकले नगरको शैक्षिक विकासका लागि दिर्घकालीन महत्व राख्ने केही नीतिगत मार्गनिर्देशन समेत गरेको छ । दरबन्दी मिलान अन्तर्गतको शिक्षक व्यवस्थापनको काम मूलभुत रूपमा सम्पन्न भएको छ, भानु नगरपालिकाको शैक्षिक उन्नयनका लागि दिर्घकालीन महत्त्व राख्ने भानु नगर शिक्षा योजना निर्माण समिति गठन भएको, शिक्षा ऐन २०७७ लाई प्रभावकारी कार्यान्वयन गर्नका लागि स्थानीय शिक्षा नियमावली निर्माणका लागि मस्यौदा समिति गठन भएको नगरपालिकाले जनाएको छ ।

    भानु नगरपालिकामा गठन भएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रम अन्तर्गत शिक्षकको पेशागत सहयोगका लागि विज्ञ समूह (रोष्टर) गठन भएको, नगर क्षेत्र भित्र सञ्चालन हुने अनौपचारिक शिक्षा सम्बन्धि कार्यक्रमहरू व्यवस्थित गर्ने सम्बन्धमा नीतिगत निर्णय भएको, नगर भित्र सञ्चालित सात वटै सामुदायिक सिकाइ केन्द्रहरूको सेवाक्षेत्र निर्धारण भएको, विद्यालय समायोजन तथा मर्जिङ्का लागि स्थलगत अनुगमन टोली गठन भएको छ ।

    त्यस्तै चालू आव २०७८/०७९ देखि नगरपालिकाले विद्यालयका शिक्षक कर्मचारीहरूका लागि मासिक रूपमा तलब भुक्तानी गर्ने निर्णय भएको छ । त्यसका लागि साउन २५ गतेभित्र सबै विद्यालयहरूले माग फाराम शिक्षा युवा तथा खेलकुद शाखामा पेश गर्नुपर्ने छ ।

    नगरपालिकाले साउन ११ गतेदेखि सबै विद्यालयहरू वैकल्पिक विधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने निर्णय गरेको छ ।