युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    दुलेगौडा : युनियन लाइफ इन्स्योरेन्स कम्पनी दुलेगौंडा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले शनिबार मृतकको परिवारलाई ५ लाख १८ हजार रुपैया दाबी भुक्तानी गरेको हो ।

    कम्पनीका दुलेगौंडा शाखा प्रमुख ओमकार नागिला, एजेन्सी म्याजेजर अनिल थापा, क्षेत्र बहादुर थापा, सोम प्रसाद श्रेष्ठ, इन्द्र पौडेल लगायतको टिमले स्वर्गीय बीमित गम बहादुर थापाको हकवाला शुक्लागण्डकी-४ निवासी देउ माया थापा मगरलाईलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन ।

    विसं २०७७ साल असोजमा गम बहादुर थापा मगरले ५ लाख बराबरको जीवन बीमा गरेका थिए । उनले ५ लाखको बीमा गर्दा प्रथम बीमा शुल्क बापत ३२ हजार रुपैया मात्र कम्पनीमा जम्मा गरेका थिए ।५ लाखको बीमा गरेका निज थापाको गत असार महिनामा असामयिक निधन भएको थियो ।

    चेक हस्तान्तरण कार्यक्रममा वक्ताहरुले  आजको दिनमा जीवन बीमा अनिवार्य रहेकाले सबै जनाले आफ्नो आर्थिक स्थित अनुसार केही रकम बीमाका लागि छुट्याउनुपर्नेमा जोड दिए । बीमितका हकवाला श्रीमती देउमायाले  जीवन बीमाको महत्व रहेको आफूलाई अनुभव भएको बताइन् ।

    शाखा प्रमुख ओमकार नागिलाले रोग, संक्रमण र जोखिम बढ्दै गएको अवस्थामा आम मानिसमा बीमाको महत्व बढेको बताए ।