राजभण्डारी एनआरएनए अष्ट्रेलियाको युथ मेम्बरमा निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राजभण्डारी एनआरएनए अष्ट्रेलियाको युथ मेम्बरमा निर्वाचित

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०७८, शनिबार

    दमाैली : तनहुँको दमौली घर भई हाल अष्ट्रेलियाको सिड्नीमा रहेका सन्देश राजभण्डारी एनआरएनए अष्ट्रेलियाको नेशनल युथ मेम्बरमा निर्वाचित भएका छन् । शनिबार सकिएको अधिवेशनबाट राजभण्डारी सर्वाधिक मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

    राजभण्डारीले सात हजार तीन सय दुई मत प्राप्त गरेका छन् । निर्वाचित भएपछि राजभण्डारीले आफूलाई मतदान र समर्थन गर्ने सबै मतदाताप्रति आभार व्यक्त गरेका छन् । “मलाई विश्वास गरेर मत दिने मतदाताको भरोसा टुट्न दिन्न,” निर्वाचित भएपछि खबरपुञ्ज डटकमसँग उनले भने, “साझा एनआरएन, सबल एनआरएन बनाउन मेरो पहल हुनेछ ।”

    संस्थामा रहेर समाजसेवाको काम अझ तीव्र रुपमा प्रभावकारी ढङ्गले गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । राजभण्डारी सिड्नीमा व्यवसायमा आबद्ध छन् ।