दुलेगौडा : नेकपा माओवादी केन्द्र शुक्लागण्डकी-१२ को अध्यक्षमा पूर्णप्रसाद गुरुङ चयन भएका छन् । शनिबार भएको भेलाले गुरुङको अध्यक्षतामा नयॉ कमिटी चयन गरेको हो ।
कमिटीको सचिवमा प्रविण गुरुङ (टुकबहादुर गुरुङ) चयन भएका छन् भने कमिटी २९ सदस्यीय बनाइएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्र तनहुँका अध्यक्ष राजेन्द्रकेशर न्यौपानेले वडा तहतेखि नै पार्टीको सङ्गठन सुदृढीकरणको अभियान शुरु भएको बताए ।
नेकपा माओवादी केन्द्रले जिल्लाका ८५ वटै वडामा पार्टी कमिटी गठन गर्ने कार्यलाई अगाडी बढाएको छ ।