


देवघाट : तनहुँको देवघाट ईलाका प्रहरी कार्यालयको आयोजनामा आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत देवघाटमा आइतबार सरसफाई गरिएको छ । देवघाट गाउँपालिका-५ स्थित टाउन चोकदेखी विभिन्न सार्वजनिक स्थानहरु देवघाटधाम वरपर,वेणी संगम र नदीको किनार वरिपरि सरसफाइ कार्यक्रम गरिएको हो ।
देवघाट-५ का अध्यक्ष याल बहादुर गुरुङले नेपालकै एक पर्यटकीय नगरी भित्र रहेको देवघाटधामको सुन्दर महिमालाई संरक्षण गर्न दायित्व सबैको भएको बताए ।

देवघाट देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज सुशील लामिछानेले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको सरसफाइ कार्यक्रम हरेक समुदायले अगाडी बढाउनुपर्ने उनले बताए ।

