दुलेगौँडा : जन्मदिनको अवसर पारेर विश्वमै दुर्लभ मानिएको स्पाइनल मस्कुलर एट्रोफ्री(एसएमए) रोगका बिरामी मोहम्मद उस्मान अली बचाउ अभियानमा सहयोग गरिएको छ । शुक्लागण्डकी नगरपालिका–३ कवासेका सुरज लम्साल र उनका बुवाको जन्मदिनको अवसरमा बुधबार आर्थिक सहयोग गरिएको हो ।
सुरजका ५ जना साथीले जन्मदिनको उपहार स्वरुप १३ हजार ५ रुपैयाँ सहयोग गरेका हुन् । जन्मदिनमा गरिने फजुल खर्च कटाएर सहयोग गरिएको जनाईएको छ । लम्सालले यस अगाडीको जन्मदिनमा पनि बोनम्यारो ट्रान्पाल्न्ट गर्नलाई आर्थिक अभाव झेलिरहेकी विद्यार्थीको उपचारमा सहयोग गरेका थिए । लम्साल नेविसंघ तनहुँका सदस्य हुन् ।