तनहुँ : तनहुँकाे व्यास नगरपालिका-७ सत्रसय पातल र डिगाउँमा पाँच सय गाजाका बाेट नष्ट गरिएकाे छ । गाजा फँडानी अभियान अन्तरगत प्रहरीले त्यस ठाउँमा प्राकृतिक रुपमा उम्रिएका गाजाका बाेट नष्ट गरेकाे हाे ।
सत्रसयत टाेल विकास संस्थाका अध्यक्ष मुक्तिकुमार गाेशलीकाे उपस्थितमा प्रहरी चाैकी कलेस्तीबाट खटिएकाे प्रहरी टाेलीले गाजाका बाेट नष्ट गरेकाे हाे ।
प्रहरीले पछिल्लाे समय जिल्लाका विभिन्न ठाउँमा याे अभियान चलाइरहेकाे छ । प्रहरीकाे याे अभियानलाई कतिपयले समर्थन गरेका छन् भने केहीले विराेध गरेका छन् ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।